लायन्स क्लव तनहुँ म्याग्देको अध्यक्षमा गौरव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लायन्स क्लव तनहुँ म्याग्देको अध्यक्षमा गौरव

    खबरपुञ्ज संवाददाता

    १८ चैत्र २०७९, शनिबार

    दमौली । लायन्स क्लव अफ तनहुँ म्याग्देको अध्यक्षमा गौरवराज राना चयन भएका छन् । शनिबार सम्पन्न चौथो अधिवेशनबाट सतप्रतिशत भोट सहित राना वर्ष २०२३/२४ का लागि अध्यक्ष चयन भएका हुन् ।

    क्लवको प्रथम उपाध्यक्षमा पशुपति अर्याल, द्वितीय उपाध्यक्षमा सन्जिव घिमिरे, तृतीय उपाध्यक्षमा पोष्टमान श्रेष्ठ, सचिवमा तेजकुमारी श्रेष्ठ, सहसचिवमा शंकर मल्ल, कोषाध्यक्षमा सुदर्शन अधिकारी, सहकोषाध्यक्षमा सागर खनाल, पब्लिक रिलेशन अफिसरमा नुक्त भुजेल र क्लव प्रशासकमा चित्रबहादुर शाही चयन भएका छन् ।

    कार्यक्रममा लायन्स क्लवका डिष्ट्रिक कोर्डिनेटर समुन्द्रराम श्रेष्ठले क्लवले सामाजिक क्षेत्रमा गर्दै आएको कार्यको प्रशंसा गरे ।