भोलिदेखि बुटवल-पाल्पा सडक दैनिक ९ घन्टा बन्द हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भोलिदेखि बुटवल-पाल्पा सडक दैनिक ९ घन्टा बन्द हुने

    खबरपुञ्ज संवाददाता

    १९ चैत्र २०७९, आईतवार

    काठमाडाै । रुपन्देही । मंगलबारदेखि सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ । सडक खण्डअन्तर्गत बन्दै गरेको सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्न यही चैत २१ गतेदेखि दैनिक ९ घण्टा सडक बन्द हुने भएको हो ।

    निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य शुरु गरेको छ । जसले गर्दा माथिबाट खुकुला ढुंगाहरु खस्ने हुँदा सडक सुचारू गर्दा जोखिम हुने भएकाले हरेक दिन बिहान ११ देखि दिउँसो २ बजे तथा रातको १० देखि बिहान ४ बजेसम्म सडक बन्द गरिने भएको हो ।

    पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा आइतबार बसेको राजमार्ग सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा अर्को सूचना जारी नभएसम्म बन्द रहने र सडकमा एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधन सञ्चालनमा भने अवरोध नहुने बताइएको छ ।

    बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङजा, कास्की, पर्वत, बाग्लुङलगायतका क्षेत्रको मुख्य मार्ग भएकाले लामो समय सडक बन्द हुँदा सेवाग्राहीले वैकल्पिक बाटो खोज्नुपर्ने भएको छ ।