दमौली । वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ-१ मा आज हुने उम्मेदवारी दर्तामा कांग्रेस महामन्त्री गगन थापा दमौली आउने भएका छन् ।
कांग्रेसले महामन्त्री थापालाई तनहुँ-१ खटाएको हो । उम्मेदवारी दर्तापछि आयोजित कोणसभालाई महामन्त्री थापाले सम्बोधन गर्ने कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।