दमौली । नेपाल मुआथाई संघ गण्डकी प्रदेश गठन भएको छ । पोखरामा सम्पन्न अधिवेशनबाट दिपक गोदारको अध्यक्षमा प्रदेश कमिटी गठन भएको हो।
संघको महासचिवमा खगेन्द्र क्षेत्री, सचिवमा आकृति भण्डारी, कोषाध्यक्षमा विजय गुरुङ चयन भएका छन् ।
यस्तै तनहुँ जिल्ला संयोजक एवं प्रदेश सदस्यमा इश्वर श्रेष्ठ चयन भएका छन् । यस्तै सदस्यहरुमा जितु शाही, मोहन थापा (स्याङ्जा संयोजक), विकास गुरुङ, सुजन लामिछाने (बागलुङ संयोजक), कृष्ण कार्की, सुशील सुनार (पर्वत संयोजक) र सुनिल थापा (कास्की संयोजक) चयन भएका छन् ।