दमौली । टिम नेपो तनहुँले दमौली अस्पताल सरसफाई गरेको छ । टिम नेपोका सदस्य, प्रहरी र अस्पतालका कर्मचारीको सहभागितामा सरसफाई गरिएको हो ।
सरसफाईमा व्यास-३ का वडाध्यक्ष अनुप राना, दमौली अस्पतालका प्रमुख डा दिवस ढकाल, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि भरत पौडेल लगायतको सहभागिता थियो ।
सरसफाईमा ५८ जनाको सहभागिता रहेको क्लवका अध्यक्ष रवि अधिकारीले जानकारी दिए ।
वडाध्यक्ष रानाले सामाजिक काममा टिम नेपोले आफूलाई अब्बल साविक गरेको बताए । अस्पतालका प्रमुख ढकालले अस्पतालको नियमित काममा संस्थाको तर्फबाट हातेमालो गरिएकामा धन्यवाद दिए ।