दमाैली । तनहुँ क्षेत्र नम्बर १ का नेपाली काँग्रेसका उम्मेदबार गोविन्द भट्टराईले शनिबार
देवघाट गाउँपालिकाका मतदातालाई भेट गरेका छन् । देवघाटधाम क्षेत्रको अवलोकन समेत गरेका भट्टराईले देवघाटधाम क्षेत्रको बृहत्तर विकासमा इंट्टा थप्ने आफ्नो लक्ष्य रहेको बताए ।
देवघाट क्षेत्रका धार्मिक अगुवा अनि अग्रजको आशीर्वाद र युवाको हौसलाले आफूलाई तनहुँको विकासलाई राष्ट्रिय मुद्दा बनाउने महाभियानमा अझ बढी हौसला मिलेको भन्दै भट्टराईले आफु प्रतिको मतदाताको विश्वास वैशाख १० गते मतका माध्यमबाट व्यक्त गरिदिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएको बताए ।
‘तपाईंको लामो समयको विश्वासलाई मतमार्फत आधिकारिकता प्राप्त हुने विश्वास छ’ भट्टराईले भने ‘तनहुँको माटोको समस्यामा भिजेर समाधानमा गरेको मेरो व्यक्तिगत प्रयास अब यहाँको विकासलाई राष्ट्रिय मुद्दा बनाउन वैशाख १० सम्म मलाई तपाईंको साथ आवश्यक छ ।’ उनले तनहुँको विकासलाई राष्ट्रिय मुद्दा बनाउने आफ्नो महाभियानमा साथ दिन पनि मतदातालाई अनुरोध
गरे ।