दमाैली । नेपाली कांग्रेस नेता तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्द भट्टराई आफ्नै बारेमा जानकारी नहुने नेताले देश चलाउन नसक्ने बताएका छन्। रास्वपाका सभापति रवि लामिछाने प्रति लक्षित गर्दै भट्टराईले नागरिकता लिनु पर्छ भन्ने थाहा नहुनेले देश चलाउन नसक्ने बताए ।
भानु नगरपालिका–२ नारेश्वरटारमा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले भने ‘नागरिकता त्यागि सकेपछि फेरी लिनु पर्छ भन्ने हेक्का नराख्नेले देश चलाउने सामर्थ राख्दैनन्।’
मतदाता र विकास गर्ने नेता चाहिने र आफू कुनै पदको रुपमा रहँदा खानेपानी, विद्यालय भवन, मोटरबाटो विद्युतिकरण, पुल, टेलिफोन क्षेत्रमा ठुलो योगदान दिएको र पहल गरेकोले आममतदाताले आफूलाई चाहेको पाएकोले खुसी लागेको भट्टराईले बताए । घरदैलोमा डुल्ने क्रममा कांग्रेस मात्रै नभई फरक पार्टी मतदाताले आफूलाई चाहेको पाएको भट्टराईले बताए ।
पार्टीको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको केन्द्रीय अध्यक्ष, नेपाल तरुण दलको महासचिव भएर काम गरिसकेकोले विद्यार्थी र युवाको समस्याको बारेमा जानकारी भएकोले युवा र विद्यार्थीको माग पुरा गर्न सक्ने उनले बताए ।