दमाैली । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वकर्मा शर्माले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईको प्रचार गरेका छन् । पार्टीको कार्यक्रममा पर्वत जाने क्रममा आँबुखैरेनीमा महामन्त्री शर्माले उम्मेदवार भट्टराईको प्रचार गरेका हुन् ।
उनले त्यसक्रममा भट्टराई उपनिर्वाचनमा विजयी हुने र संसदमा भेट्ने बताएका छन् । “गोविन्द भट्टराईले चुनाव जितेर हामी संसदमा भेट्दैछौ भन्नेमा म विश्वस्त छु,” उनले भने ।
उम्मेदवार भट्टराईले आइतबार आँबुखैरेनीका मतदातासँग भेटघाट गरेका थिए ।