तनहुँ १ मा डा. स्वर्णिम वाग्लेलाई समर्थन गर्ने गोविन्दराज जोशीको प्रतिबद्धता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ १ मा डा. स्वर्णिम वाग्लेलाई समर्थन गर्ने गोविन्दराज जोशीको प्रतिबद्धता

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौं । तनहुँको क्षेत्र नम्बर १ मा हुने उपचुनावमा पूर्वकांग्रेस नेता गोविन्दराज जोशीले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई समर्थन गर्ने भएका छन् । कांग्रेससँग सहमति हुन नसकेपछि रास्वपासँग आज भएको वार्तामा जोशीले सो प्रतिबद्धता जनाएका हुन् ।

    आज भएको वार्तामा रास्वपाको तर्फबाट सभापति रवि लामिछाने, तनहुँ १ का उम्मेदवार वाग्ले, रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्य दीपक बोहरा सहभागी थिए । जोशीको तर्फबाट उनीसहित छोरा दीपकराज जोशी थिए ।

    उक्त वार्तामा सहभागी एक नेताले स्वर्णिमलाई निसर्त समर्थन गर्ने प्रतिबद्धता जोशीको तर्फबाट आएको बताए ।

    ‘कांग्रेससँग संवाद टुंगिसकेको अवस्थामा उहाँहरुले रास्वपा उम्मेदवारलाई समर्थन गर्न तयार हुनुभएको छ’, उनले भने । (नेपाल प्रेसबाट)