बालुवाटारमा गोली चल्यो, वर्षमान पुनका आमा घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बालुवाटारमा गोली चल्यो, वर्षमान पुनका आमा घाइते

    खबरपुञ्ज संवाददाता

    १ बैशाख २०८०, शनिबार

    काठमाडौ । काठमाडौंको गैरीधारामा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ ।

    पुनको घरमा बसेको भीआईपी सुरक्षामा खटिएका प्रहरीका पीएसओले  शुक्रबार राति साढे ९ बजे गोली चलाउँदा पुनको आमा घाइते भएकी छन् ।

    उनलाई खुट्टामा गोली लागेको थियो । गोली चलाउने पीएसओलाई पक्राउ गरिएको प्रहरी स्रोतले नेपालप्रेसलाई बताए । पुनकाे  घरमा   प्रहरीकाे  भीआईपी सुरक्षाकाे टाेली खटिएकाे थियाे ।   पुनकाे आमालाई गाेली चलाउने  प्रहरी हवल्दार पुनकाे आफन्त रहेकाे स्राेतले बतायाे ।