आँबुखैरेनीका अध्यक्ष चुमानका छाेराछाेरी सरकारी विद्यालय जान थाले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीका अध्यक्ष चुमानका छाेराछाेरी सरकारी विद्यालय जान थाले

    खबरपुञ्ज संवाददाता

    ५ बैशाख २०८०, बुधबार

    दमाैली । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानका छाेराछाेरी बुधबारदेखि सरकारी विद्यालय जान थालेका छन् । यसअघि निजी विद्यालयमा अध्ययन गर्दै आएका उनीहरु बुधबारदेखि सरकारी विद्यालय जान थालेका हुन् ।

    छोरा अनुराग चुमान आँबुखैरेनी गाउँपालिका–२ स्थित अन्नपूर्ण प्राथमिक विद्यालयमा कक्षा २ मा र छोरी अक्षरा चुमानल आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माध्यमिक विद्यालयमा कक्षा ७ मा भर्ना भएका छन् ।

    May be an image of 2 people

    अध्यक्ष चुमानका छोराछोरी यसअघि आँबुखैरेनी गाउँपालिका–३ स्थित मस्र्याङ्दी बालज्योति बोर्डिङ स्कूलमा अध्ययन गर्दथे । सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियान अन्तर्गत जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउने निर्णय कार्यान्वयमा आएकाे छ ।