दुईवटा मतपत्र लिएका जसपाका नेता पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    दुईवटा मतपत्र लिएका जसपाका नेता पक्राउ

    खबरपुञ्ज संवाददाता

    ९ बैशाख २०८०, आईतवार

    बारा । उपनिर्वाचनअन्तर्गत आइतबार जारी मतदानको क्रममा बाराको देवताल गाउँपालिका- ७ मा रहेको मतदान केन्द्रबाट दुईवटा मतपत्र लिएका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    वडा कार्यालय पिपरवती जब्दीमा रहेको मतदान केन्द्रमा रामसागर यादवको साथबाट प्रहरीले दुईवटा मतपत्र फेला पारेको थियो। छाप लगाइएको दुईवटा मतपत्र लिएको पाएपछि यादवलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

    पक्राउ परेका यादव जनता समाजवादी पार्टीका नेता भएको बताइएको छ। उनी अहिले प्रहरी नियन्त्रणमा रहेका छन्।

    यस्तै गाउँपालिका-२ कल्याणपुर मतदान केन्द्रबाट चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मतदान केन्द्रमा हो-हल्ला गरिरहेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।