एमालेले भन्याे : टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमालेले भन्याे : टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्छ

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०८०, मंगलवार

    काठमाडौं । नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई कानुनी प्रक्रियामा सघाउनुपर्ने ठहर गरेको छ ।

    नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएर ठगी गरेको विषयमा जोडिएका रायमाझीको नाममा पक्राउ पूर्जी जारी भएको छ । तर उनी फरार छन् ।

    आसन्न केन्द्रीय कमिटी बैठकको एजेण्डाबारे छलफल गर्न सोमबार पार्टी कार्यालय, च्यासलमा बसेको स्थायी कमिटी बैठकमा यसबारे पनि छलफल भएको थियो ।

    बैठकपछि प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने, ‘कमरेड टोपबहादुर रायमाझीले जुन अनुसन्धानको सन्दर्भमा उहाँको नाम आएको छ । कानुन र विधिको शासन मान्ने पार्टी भएको हुनाले विधिपूर्वक कानुन पूर्वक अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्ने हाम्रो निर्णय छ ।’