बाह्र दिनदेखि बेपत्ता गजौडेका वृद्ध मृत फेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बाह्र दिनदेखि बेपत्ता गजौडेका वृद्ध मृत फेला

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०८०, बिहीबार

    दमौली । तनहुँको व्यास नगरपालिका–९ गजौडे निवासी ५९ वर्षीय सुरेशकुमार गुरुङ बेपत्ता भएको बाह्र दिनपछि मृत फेला परेका छन् । गत वैशाख १७ गते साँझ ६ बजेतिर घरबाट निस्किएर बेपत्ता भएका गुरुङ बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

    सोही वडाको एक जङ्गलमा गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेको र प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरेको प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।

    शारीरिक तथा मानसिक रुपमा अस्वस्थ गुरुङ सम्पर्कविहिन भएपछि वैशाख १८ गते नै जिल्ला प्रहरी कार्यालय तनहुँमा खोजीकार्यका लागि प्रहरीले निवेदन दिएको थियो ।