सुशासन र समृद्ध शुक्लागण्डकी निर्माणका लागि युवा अभियान, संयाेजकमा पन्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    सुशासन र समृद्ध शुक्लागण्डकी निर्माणका लागि युवा अभियान, संयाेजकमा पन्त

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०८०, बिहीबार

    दुलेगाैडा । शुक्लागण्डकी नगरपालिकाभित्र रहेका युवाहरुले सुशासन र समृद्ध शुक्लागण्डकी निर्माणका लागि युवा अभियान गठन गरेका छन् ।

    बिहीबार शुक्लागण्डकी नगरपालिका-२ मा भएकाे भेलाले शङ्कर पन्तकाे संयाेजकमा युवा अभियान गठन गरेका हुन् । उक्त समूहको सहसंयोजकमा जयराज लम्साल, विज्ञान भण्डारी र सदस्यहरुमा कोमलबहादुर बानियाँ, विवेक वाग्ले, बिपीन भण्डारी, सुवास पौडेल, यामबहादुर प्रधान, नारायण ढकाल र कुमार कार्की चयन भएका छन् ।

    यसैबीच युवाहरुले राजमार्गको धुलाले आजित भएको भन्दै शहिदको शालिकलाई मास्क लगाइदिएका छन् । धुलोबाट आजित हुँदा पनि स्थानीय सरकारले नहेरेको भन्दै युवाहरुले साङ्केतिक विरोध स्वरुप शहिदको शालिकलाई मास्क लगाइदिएका हुन् ।