दमाैली । तनहुँकाे आँबुखैरेनी गाउँपालिकाले मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका विरामीहरुलाई औषधी उपचार खर्च र परिचयपत्र वितरण गरेकाे छ ।
गाउँपालिकाले शुक्रबार एक कार्यक्रमकाे आयाेजना गरी बिरामीहरुलाई आफ्नै स्राेतबाट औषधी उपचार खर्च र परिचयपत्र वितरण गरेकाे हाे । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले २५ जना त्यस्ता बिरामीलाई औषधी उपचार खर्च र परिचयपत्र वितरण गरे ।
गाउँपालिकाले ती बिरामीलाई मासिक रु पाँच हजार औषधी खर्च प्रदान गर्न थालेकाे हाे ।