दमाैली । नेपाल बार एशोसिएसन तनहुँ जिल्ला अदालत बार इकाईमा डम्बरदेव हड्खले निर्वाचित भएका छन् । बार एकाईको शुक्रबार सम्पन्न वार्षिक साधारणसभा तथा २० औं अधिवेशनबाट हड्खले सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।
अधिवेशनबाट उपाध्यक्षमा शिवशरण वाग्ले, सचिवमा हरिमान श्रेष्ठ, सहसचिवमा विष्णुभक्त सिग्देल, कोषाध्यक्षमा रविन्द्र बराकोटी र सदस्यहरुमा भानुभक्त सुवेदी, त्रिभुवन श्रेष्ठ, चेतनारायण पौडेल, माधव घिमिरे, विष्णु हड्खले, विमल गिरी, शिव रेग्मी र विष्णु पोख्रेल निर्वाचित भएका छन् ।
केन्द्रीय पार्षद्मा शिवदत्त ढकाल, केशव भट्टराई, सरिता थापा भण्डारी र मानवअधिकार जनसरोकार संयोजकमा हरिशचन्द अर्याल चयन भएका छन् ।