टोपबहादुरलाई प्रहरीमा हाजिर हुन एमाले नेतृ भगवतीको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    टोपबहादुरलाई प्रहरीमा हाजिर हुन एमाले नेतृ भगवतीको आग्रह

    खबरपुञ्ज संवाददाता

    २९ बैशाख २०८०, शनिबार

    काठमाडौ । नेकपा एमालेका केन्द्रीय सदस्य भगवती न्यौपानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जा जारीपछि फरार रहेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई आत्मसमपर्ण गर्न आग्रह गरेका छन् ।

    उनले शनिबार सामाजिक सञ्जालमार्फत् रायमाझीलाई प्रहरीकोमा हाजिर भएर छानबिनलाई सघाउन आग्रह गरेकी हुन् । फरार भएर इज्जत नजोगिने र जोगिएको पनि छैन भन्दै न्यौपानेले भनिन्, ‘जहॉ हुनुहुन्छ बाहिर निस्कनु , प्रहरीकोमा हाजिर हुनु , छानबिनलाइ सघाउनु , छानबिनले दोषी ठहर गर्‍यो भने सजाय भोग्नु निर्दोष ठहर गर्‍यो भने तपाईंले अपमानको भारी बोक्न पर्दैन र तपाईंप्रति सम्पूर्ण नेपाली जनताको थप सहानुभूति रहने नै छ ।’