छोराको कसम खाँदै आरजुको प्रस्टीकरण : ‘शरणार्थी प्रकरणमा मैले एक पैसा खाएको छैन’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    छोराको कसम खाँदै आरजुको प्रस्टीकरण : ‘शरणार्थी प्रकरणमा मैले एक पैसा खाएको छैन’

    खबरपुञ्ज संवाददाता

    ३१ बैशाख २०८०, आईतवार

    काठमाडौ । पूर्वगृहमन्त्रा बालकृष्ण खाण पक्राउपरेपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी समेत रहेकी सांसद आरजु राणाले मञ्जु खाणको जिम्मा आफूले लिन नसक्ने बताएकी छिन्। हिमालय टेलिभिजनलाई अन्तरवार्ता दिँदै मञ्जु आरजुले पूर्व गृहमन्त्री खाणकी पत्नी मञ्जुको संलग्नताबारे आफूसँग कुनै सम्बन्ध नरहेको बताइन्।

    उनले अन्तरवार्तामा बालकृष्णले प्रहरीको हातबाट खोसेर प्रमाणको कागज खाएको विषयमा टिप्पणी मात्र गरेकी छैनन्, मञ्जुको जिम्मा लिन नसक्ने पनि प्रस्ट पारेकी हुन्।

    ‘‘म कागज खाने, घाँस खाने मान्छे होइन । भुटानी शरणार्थी प्रकरणमा मैले एक पैसा खाएको छैन । अडियो फेक हो । मञ्जुका बारेमा मलाई थाहा छैन । म उसको जिम्मेवारी लिन सक्दिनँ । ऊ मसँगै २४ सै घण्टा हिँड्ने मान्छे हो र ?’’, उनले प्रतिप्रश्न गरेकी छन् ।

    आरजुले छोरा जयवीरको कसम खाँदै भनिन्, ‘‘ मेरो आत्मा होइन मेरो छोरो जयवीरकै कसम खाएर म भन्छु भुटानी शरणार्थी प्रकरणमा एक पैसा खा छैन।’’