संसदीय समितिको नेतृत्वमा तीन दलबीच सहमति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    संसदीय समितिको नेतृत्वमा तीन दलबीच सहमति

    खबरपुञ्ज संवाददाता

    ३० बैशाख २०८०, आईतवार

    काठमाडाै । संसदीय समितिको कसले पाउने भन्नेबारे प्रमुख तीन दलबीच सहमति जुटेको छ। आइतबार बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र तीनै दलका सचेतकसहितको बैठकले संसदीय समितिको टुंगो लगाएको हाे ।

    एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार यसअघि भएकै सहमतिअनुसार एमालेले सार्वजनिक लेखा, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व र अर्को एउटा समिति एमालेले पाउनेमा सहमति जुटेको छ।

    संसद् सञ्चालनमा सत्ता पक्ष र प्रतिपक्ष आधारभूत रूपमा एक भएर जान सहमत भएको पनि जानकारी दिए।

    बालुवाटारमा भएको सहमतिअनुसार समितिका सभापतिहरूको टुंगो आजै लाग्ने बताइएको छ। त्यसका लागि सिंहदरबारमा अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ।