शुक्र चुमान भन्छन् : हामी बरु भत्ता नलिउँला, तर गाउँपालिकावासीलाई गुणस्तरीय स्वास्थ्य सुविधा दिन्छौ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    शुक्र चुमान भन्छन् : हामी बरु भत्ता नलिउँला, तर गाउँपालिकावासीलाई गुणस्तरीय स्वास्थ्य सुविधा दिन्छौ

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०८०, सोमबार

    दमौली । ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गाउँपालिकावासीलाई गुणस्तरीय स्वास्थ्य सुविधा दिइने बताएका छन् ।

    गाउँपालिकाले स्थापना गरेको ऑखा उपचार केन्द्रको सोमबार उद्घाटन गर्दै उनले भने, ‘हामी बरु भत्ता नलिउँला, तर गाउँपालिकावासीलाई गुणस्तरीय स्वास्थ्य सुविध दिन्छौ । हामी त भत्ताको लोभले जनप्रतिनिधि हुन आएको त होइन नी ।’

    चुमानले गाउँपालिका आफैले अस्पताल सञ्चालन गर्दै आएको र उक्त अस्पतालबाट रिफर गरेर बिरामी लैजानपरे एम्बुलेन्स निशुल्क उपलब्ध गराउने गरिएको बताए ।

    ऑखा उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यतालाई न्यूनीकरणका लागि भरतपुर ऑखा अस्पतालको सहकार्यमा गाउँपालिकामै उपचार केन्द्र स्थापना गरिएको उनले बताए ।

    चुमानले भने, ‘स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्छौ, आवश्यक परे विकास बजेट घटाएर पनि स्वास्थ्यमा लगानी गरिनेछ ।’