तनहुँ-१ का सांसद डा. स्वर्णिम वाग्ले भन्छन् : अर्थतन्त्रको पुनरसंरचनाको आवश्यकता छ (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तनहुँ-१ का सांसद डा. स्वर्णिम वाग्ले भन्छन् : अर्थतन्त्रको पुनरसंरचनाको आवश्यकता छ (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    २ जेष्ठ २०८०, मंगलवार

    काठमाडाै । अर्थविद् एवम् सांसद डा स्वर्णिम वाग्लेले अर्थतन्त्रको पुनरसंरचनाको आवश्यकता रहेको उल्लेख गरेका छन्। उद्योग मन्त्रालय र नेपाल उद्योग परिसंघले संयुक्त रुपमा मङ्गलबार काठमाडौँमा आयोजना गरेको ‘मेक इन नेपाल ः स्वदेशी समिट, २०२३’ बाेल्दै उनले नेपालले आफ्नो हित अनुकुल हुनेगरी केहि वस्तु तथा सेवालाई संरक्षण र संवद्र्धन गर्न आश्यक रहेको बताए ।

    विगतमा खुला बजार अर्थतन्त्रले मान्यताअनुसार चलेपनि अब भने केहि वस्तु र सेवालाई राज्यले संरक्षण गर्नैपर्ने भएको उनले उल्लेख गरे ।

    “पहिले उपभोक्तालाई हेरेर विश्वका जुनसुकै ठाउँमा भएपनि सस्तो मूल्यमा वस्तु पाउनुपर्छ भन्ने थियो । तर अहिले राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितका कुरा पनि आउँछन् । यसका लागि नीतिगत रुपमा केहि सम्बोधन गर्नुपर्छ”, वाग्लेले भने, “अब हामीले यसबारे बहस गर्नुपर्ने छ । मूल्य मात्र हेरेर हुँदैन । हामीले सापेक्षिक र प्रतिस्पर्धात्मक लाभका वस्तुको पहिचान गरि त्यसको संरक्षण र बजारीकरणमा जोड दिऔं ।” सरकारले बनाउने नीति नियमबारे पहिले निजी क्षेत्रले सीमित धारणा बनाएर जाने गरेकोमा अहिले राष्ट्रिय परिप्रेक्ष्यमा कुरा उठाउने गरेको पनि उनले बताए ।