मदन–आश्रित स्मृति दिवसले वामपन्थीबीच सहकार्य गर्ने प्रेरणा दिन्छ: प्रचण्ड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मदन–आश्रित स्मृति दिवसले वामपन्थीबीच सहकार्य गर्ने प्रेरणा दिन्छ: प्रचण्ड

    खबरपुञ्ज संवाददाता

    ३ जेष्ठ २०८०, बुधबार

    काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन–आश्रित दिवसले कम्युनिष्ट तथा वामपन्थी शक्तिबीच सहकार्य गर्न प्रेरणा दिने बताएका छन्।

    ३० औं मदन–आश्रित स्मृति दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले त्यसो भनेका हुन् । 

    ‘आज ३० औँ मदन–आश्रित स्मृति दिवस। रहस्यमय दासढुंगा दुर्घटनामा परी दिवंगत वामपन्थी आन्दोलनका मूर्धन्य व्यक्तित्व मदन भण्डारी र जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु’ उनले सन्देशमा भनेका छन्, ‘यस दिनले कम्युनिस्ट एवं वामपन्थीहरूबीच सहकार्य र एकताका निम्ति प्रेरणा दिने विश्वास व्यक्त गर्दछु।’

    नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा दुर्घटनामा मृत्यु भएको थियो। एमालेले यसलाई हत्याकाण्ड भन्दै आएको छ।