पाेखरा । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश उपाध्यक्ष साेनी शर्मालाई हरिशचन्द्र वाग्ले क्रियाशील महिला पत्रकारिता पुरस्कार-२०७९ प्रदान गरिने भएकाे छ ।
क्रियाशील पत्रकार महिला गण्डकी प्रदेशले शर्मालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेकाे हाे । शर्मा क्रियाशील पत्रकार महिला तनहुँकी संस्थापक अध्यक्ष हुन् ।
गण्डकीका संस्थापक अध्यक्ष दुर्गा अधिकारी संयोजक रहेको समितिले पत्रकारिता क्षेत्रमा पुर्याएकाे याेगदानकाे कदर स्वरुप शर्मालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेकाे हाे । उक्त पुरस्कार जेठ १२ गते प्रदान गर्ने कार्यक्रम रहेकाे छ ।