ऑबुखैरेनीको कन्यादेवि माविमा शिक्षकको कार्यविभाजन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीको कन्यादेवि माविमा शिक्षकको कार्यविभाजन

    खबरपुञ्ज संवाददाता

    ८ जेष्ठ २०८०, मंगलवार

    दमौली । ऑबुखैरेनी गाउँपालिका-६ हिलेखर्कस्थित कन्यादेवी माविमा शिक्षकको कार्यविभाजन गरिएको छ । विद्यालय सुधारका लागि शिक्षकको कार्यविभाजन गरिएको हो ।

    विद्यालय सुधार तथा व्यवस्थापनका लागि शिक्षकहरुको कार्यविभाजन गर्दा सहज हुने प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिए । उनका अनुसार शिक्षकहरुलाई विभिन्न विधामा जिम्मेवारी दिइएको छ ।

    प्रधानाध्यापक गुरुङलाई प्रशासन, खेमराज गुरुङलाई परीक्षा संयोजक, विकास गुरुङलाई आइटी संयोजक, किशोरप्रसाद अवस्थीलाई खेलकुद संयोजक, गणेश खत्रीलाई बालक्लव संयोजक, रमा थापालाई लेखा, प्राथमिक उपचार संयोजक तोकिएको छ ।

    मिना लामालाई खाजा, गीता कुंवरलाई अतिरिक्त क्रियाकलाप, नवराज अधिकारीलाई अनुशासन, सरसफाई र विपद् व्यवस्थापन, नवराज विकलाई कार्यक्रम संचालन, लेखन, नि़शा क्षेत्रीलाई अंग्रेजी भाषा संचार, सन जिरेललाई बाल म्यागाजिन र प्रावि संयोजक, सजना सुनारलाई गायन नृत्य तथा जुरेस, सवास्ना लामालाई गणित र एकाउन्ट र आसरुपी गुरुङलाई बाल विकास र ग्रेड संयोजकको जिम्मा दिइएको छ ।