गौ संरक्षण केन्द्रमा वृहत सरसफाई गरिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    गौ संरक्षण केन्द्रमा वृहत सरसफाई गरिने

    खबरपुञ्ज संवाददाता

    ११ जेष्ठ २०८०, बिहीबार

    दमाैली । सुशासन र समृद्ध शुक्लागण्डकी निर्माणका लागि युवा अभियानले गौ संरक्षण केन्द्रमा वृहत सरसफाई गर्ने भएको छ । अभियानले शनिबार शुक्लागण्डकी नगरपालिका–९ घारीमा रहेको गौ संरक्षण केन्द्रमा सरसफाई अभियान सञ्चालन गर्न लागेको हाे । अभियानले सोही ठाउँमा अघिल्लो शनिबार घाँस रोपण गरेको थियो ।

    घाँस रोप्ने ठाउँमा जरासहित झाडी हटाउनुपर्ने तथा ढुंगा टिप्नुपर्ने भएकाले सरसफाई गर्न लागिएको अभियानका संयोजक शंकर पन्तले जानकारी दिए । गौ संरक्षण केन्द्रमा रहेका गाईहरुलाई घाँसको अभाव भएपछि अभियानको सक्रियतामा घाँस रोपण सुरु गरिएको छ । सोही बमोजिम यसपटक सरसफाई गर्न लागिएको उनले बताए ।

    उनले भने, “यस पटक बिरुवा रोप्ने होइन, सरसफाई सकेर असारको पहिलो शनिबार वृहत घाँस रोप्ने कार्यक्रम हुन्छ ।” गौ संरक्षण केन्द्रमा रहेका गाईहरुले खान नपाएपछि पशुको अधिकार रक्षाका लागि आफुहरु घाँस रोप्ने अभियानमा जुटेको उनको भनाइ छ ।