प्रतिनिधिसभाको बैठक शनिबार दिउँसो ४ बजे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रतिनिधिसभाको बैठक शनिबार दिउँसो ४ बजे

    खबरपुञ्ज संवाददाता

    ११ जेष्ठ २०८०, शुक्रबार

    काठमाडौ । आज बेलुका छ बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक भोलि शनिबार बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक विशेष कारणवस आज नियमित हुन नसकेकाले शनिबार अपराह्न ४ बजेको लागि तय गरिएको हो ।

    संघीय संसद्द्वारा जारी सूचनामा भनिएको छ, “६ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक मिति विसं २०८० जेठ १३ गते शनिबार दिनको ४ बजे बस्ने निर्धारण गर्नुभएको छ ।”