गाेविन्द भट्टराई भन्छन् : पदमा नरहेपनि विकासमा मेरो ध्यान हुनेछ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    गाेविन्द भट्टराई भन्छन् : पदमा नरहेपनि विकासमा मेरो ध्यान हुनेछ

    खबरपुञ्ज संवाददाता

    १२ जेष्ठ २०८०, शनिबार

    दमाैली । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पदमा नरहनेपनि जिल्लाको विकासमा आफ्नो ध्यान हुने बताएका छन् । गत वैशाख १० गते सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका भट्टराईले शनिबार आँबुखैरेनी गाउँपालिकामा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा आफूले कहिल्यैपनि पदलाई प्राथमिकतामा नराखेको उल्लेख गरे।

    “निर्वाचन लोकतान्त्रिक पद्धति हो, यो पद्धति ल्याउन देशमा ठूलो बलिदान र सङ्घर्ष गरेका छौ,” उनले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जनताबाटै नेता छान्ने प्रणालीको संस्थागत विकास गर्न सफल भएका छौ ।” नेता भट्टराईले निर्वाचनमा जित हार सामान्य भएको बताउँदै यसलाई खासै ठूलो कुरा मान्न नहुने उल्लेख गरे।

    भट्टराईले भने, “पञ्चायती निरङ्कुशताको विरुद्ध राजनीति सुरु गरेको हूँ, पदका लागि राजनीति गरेको होइन । मैले चुनाव हार्दा पनि जिल्लाको विकास निर्माणमा मेरो प्राथमिकता हुनेछ ।” भट्टराईले उपनिर्वाचनमा विजय हासिल गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेलाई बधाई दिँदै उनकाे काम हेर्न बाँकी रहेको जिकिर गरे। उनले भने, “हामीले बहुसङ्ख्यक मतदातालाई बुझाउन सकेनौ, मतदाताको मन जित्न सकेनौ ।”

    नेता भट्टराईले केही दिन आफ्नो निर्वाचनमा क्षेत्रमा पुगेर धन्यवाद ज्ञापन गर्ने कार्यक्रम रहेको छ ।