प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

    खबरपुञ्ज संवाददाता

    १२ जेष्ठ २०८०, शनिबार

    काठमाडौ । नेपाल सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको शनिबार बसेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

    राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति कार्यक्रम प्रस्तुत गरेका थिए । शनिबारको बैठकमा प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए । अर्को बैठक जेठ १४ गते दिउँसो १ बजे बस्नेछ ।