दमाैली । प्रेस चौतारी नेपाल तनहुँ शाखामा स्थापित क्रियाशील पत्रकारिता पुरस्कार नारायण खड्कालाई प्रदान गरिने भएको छ । शाखाको आइतबार बसेको बैठकले पूर्व अध्यक्ष खड्कालाई पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
उक्त पुरस्कार शाखाको जेठ १९ गते आयोजना हुने साधारणसभाको अवसरमा प्रदान गरिने अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए। पुरस्कारको राशी रु दश हजार रहेको छ ।
पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै खड्कालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको हो । खड्का दमौलीबाट प्रकाशित हुने भञ्ज्याङ दैनिकका सम्पादक हुन्।