लमजुङमा ‘अमर ज्योति’ साहित्यिक पुस्तकको लोकार्पण तथा काव्य गोष्ठी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    लमजुङमा ‘अमर ज्योति’ साहित्यिक पुस्तकको लोकार्पण तथा काव्य गोष्ठी

    खबरपुञ्ज संवाददाता

    १५ जेष्ठ २०८०, सोमबार

    लमजुङ । १६ औं गणतन्त्र दिवसको अवसरमा सर्वोदय सेवा आश्रम, राइनाश नगरपालिका-८, धर्मनाथ धाम, लमजुङमा अमर ज्योति साहित्यिक त्रैमासिकको ५७ औं अङ्क लोकार्पण समारोह तथा काव्य गोष्ठी कार्यक्रम सोमबार सम्पन्न भएको छ।

    विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल ‘शब्द सेना’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी रहेका थिए ।

    कार्यक्रममा मर्स्याङ्दी जलविद्युत केन्द्रका प्रमुख पवन बस्नेत, नारायण रेग्मी, थर्कबहादुर थापा ‘ शिशिर’, चिन्तन विक्रम राणा, पुण्य प्रसाद घिमिरे, लक्ष्मीप्रसाद मिश्र, आकाश अधिकारी, दिवाकर भट्टराई, नारायणप्रसाद ढकाल, अचल अभिनव ‘ व्यास , मातृकाप्रसाद खनाल, मोहन देव लुइटेल, बद्री भण्डारी, सुरेन्द्र शर्मा, रिता चालिसे,राजकुमार अधिकारी लगायत सय बढी साहित्यकारले गणतन्त्र दिवस सम्बन्धित साहित्यिक रचना वाचन गरेका थिए ।

    कार्यक्रममा तनहुँ, गोर्खा,लमजुङ, पर्वतबाट साहित्यकार, कर्मचारीको उपस्थिति रहेको थियो। गणतन्त्र दिवसको अवसरमा सर्वोदय सेवा आश्रममा रहेका करिब १५ जना ज्येष्ठ नागरिकलाई भोजन गराएर कार्यक्रमको उद्घाटन गरिएको थियो।

    कार्यक्रममा गणतन्त्र पश्चात अपेक्षा गरिए अनुसार विकास हुन नसकेको र ज्येष्ठ नागरिकको सम्मान गर्न राज्य चुकेको संस्थाका अध्यक्ष कृष्णदेव रिमाल ‘शब्द सेना’ले जानकारी दिए।