प्रेमराजा महतको ‘घर हम्रा हुम्ला जुम्लामा’ सार्वजनिक (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रेमराजा महतको ‘घर हम्रा हुम्ला जुम्लामा’ सार्वजनिक (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    २० जेष्ठ २०८०, शनिबार

    दमौली । वरिष्ठ लोकगायक प्रेमराजा महतको नयाँ गीत ‘घर हम्रा हुम्ला जुम्लामा’ सार्वजनिक भएको छ। शुक्रबार आफ्नै युट्युबमार्फत् आफ्नै शब्द र संगीतमा तयार भएको गीत भिडियोसहित सार्वजनिक गरेका हुन् । गीतमा प्रेमराज महतसँगै शान्तिश्री परियारको स्वर रहेको छ।

    बि.बि. अनुरागीले एरेन्ज गरेको गीतको मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका हुन् । म्युजिक भिडियोमा गायक महतसँगै रीना थापा मगरले अभिनय गरेका छन् । गीतको शीर्षक जस्तै म्युजिक भिडियो जुम्लाका विकट पहाडी क्षेत्रमा छायांकन गरिएको छ। 

    प्रेमराजा महतको परिकल्पना र रामजी लामिछानेको कोरियोग्राफी एवम् निर्देशनमा तयार भएको भिडियोको छायांकन मानकृष्ण महर्जनले गरेका हुन् । भिडियोमा जुम्लाको गाउँले परिवेशलाई सुन्दर ढंगले देखाउने प्रयास गरिएको छ।