दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ-२ का सांसद शंकर भण्डारीले मुग्लिन पोखरा सडक विस्तारमा भइरहेको ढिलाईबारे चासो राखेका छन् ।
उनले सडक विस्तार आयोजनाका ठेकेदार चिनियॉ कम्पनीका प्रोजेक्ट म्यानेजर ज्याकी र विजनेस म्यानेजर जिया हाओसँग शनिबार भेट गर्दै काममा भएको ढिलाईबारे चासो व्यक्त गरेका हुन् ।
सांसद भण्डारीले सडकको काम हुँदा धुलोले जनताले खेप्नुपरेको सास्ती, वातावरण प्रदूषण लगायतमा ध्यान दिन निर्देशन दिएका थिए।
काममा असहजता भए नेपाल सरकार र सम्बन्धित सरकारी निकायमा आफूले सहजीकरण गरिदिने तर निर्माण कार्यमा भइरहेको ढिलासुस्ती र जनताको गुनासो अन्त्य हुनुपर्ने भण्डारीले बताए । त्यसक्रममा प्रोजेक्ट म्यानेजर ज्याकीले समयमै कार्य सम्पन्न गर्न र स्थानीय जनताले भोग्नुपरेका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।