दमौली । ऑबुखैरेनी अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । स्वास्थ्य चौकीलाई विस्तार गरी गाउँपालिकाले पन्ध् शय्याको अस्पताल सञ्चालन गर्दै आएकामा अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको हो ।
फार्मेसी सञ्चालनमा आएसँगै सर्वसाधारणले सहज रुपमा औषधि प्राप्त गर्न सक्ने गाउँपालिकाका स्वास्थ्य सहायक प्रमोद (प्रिन्स) साहले जानकारी दिए ।
ऑबुखैरेनी अस्पतालमा सेवा लिन आउने सर्वसाधारणले बाहिर गएर औषधि खरिद गर्नुपर्दा असहज हुँदै आएको थियो।