व्यासले माग्यो निजी विद्यालयले छात्रवृत्ति दिएको विवरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासले माग्यो निजी विद्यालयले छात्रवृत्ति दिएको विवरण

    खबरपुञ्ज संवाददाता

    ३१ जेष्ठ २०८०, बिहीबार

    दमौली । व्यास नगरपालिकाले निजी विद्यालयले छात्रवृत्ति दिएको विवरण मागेको छ । नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सबै संस्थागत विद्यालयलाई पत्र लेखेर विद्यार्थीलाई छात्रवृत्ति दिएको विवरण जानकारी गराउन निर्देशन दिएको हो ।

    नगरपालिकाले शै़क्षिक सत्र २०७९ मा भर्ना भई अध्ययनरत विद्यार्थीलाई नगर शिक्षा नियमावली, २०७६ को परिच्छेद १० मा उल्लेखित व्यवस्था अनुसार छात्रवृत्ति सुविधा प्राप्त गर्ने विद्यार्थीको नामावली असार ७ गतेभित्र बुझाउन निर्देशन दिएको छ ।