दमौली । संयुक्त उद्योगी, व्यवसायी तथा कृषक संघ तनहुँ गठन गरिएको छ । उद्योगी, व्यवसायी तथा कृषकको आवाज सरोकारवाला निकायसम्म पुर्याउन र उनीहरुको हकहितमा काम गर्ने उद्धेश्य सहित संघ गठन गरिएको हो ।
संघको अध्यक्षमा लक्ष्मीभक्त खनाल चयन भएका छन् । संघले उद्योगी, व्यवसायी र कृषकलाई परेको समस्या, बैंकबाट भोग्नुपरेका समस्यालाई सम्बन्धित निकायमै पुगेर समाधानको प्रयास गर्ने खनालले बताए । संघको विस्तृत योजनाका बारेमा शनिबार पत्रकार सम्मेलन गरेर जानकारी गराइने उनले बताए ।