शुक्लागण्डकी नगरपालिकामा अनियमितता, करारका कर्मचारीलाई मापदण्ड विपरित भत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकी नगरपालिकामा अनियमितता, करारका कर्मचारीलाई मापदण्ड विपरित भत्ता

    खबरपुञ्ज संवाददाता

    ३२ जेष्ठ २०८०, शुक्रबार

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकाले मापदण्ड विपरित करारका कर्मचारीलाई भत्ता वितरण गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा ४१ जना करार कर्मचारीलाई मापदण्ड विपरित १७ लाख ४ हजार भुक्तानी गरेको हो ।

    उक्त कार्यलाई महालेखा परीक्षकको कार्यालयले अनियमितत उल्लेख गर्दै बेरुजुमा राखेको छ ।

    कार्यालयले करारमा नियुक्त गरेका कर्मचारीलाई प्रति व्यक्ति महंगी भत्ता रु दुई हजार र अन्य भत्ता रु दुई हजारका दरले मासिक १ लाख ४२ हजारले भुक्तानी गरेकाले त्यो मापदण्ड विपरित रहेको उल्लेख गरिएको छ।