दमाैली । स्वतन्त्र नागरिक अभियान तनहुँले घरबहाल घटाउन माग गर्दै व्यास नगरपालिकका प्रमुख वैकुण्ठ न्यौपानेलाई ज्ञापनपत्र बुझाएको छ । अभियानका संयोजक विष्णु पराजुली र सहसंयोजक शिव ढौनियाले शुक्रबार नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएका हुन् ।
व्यापार कम हुँदै जानु र व्यापारिक सटक तथा घरहरु खाली भई बजार नै सुनसान बन्दै गएका कारण नगर क्षेत्रभित्रका घरबहाल घटाउन माग गर्दै ज्ञापनपत्र बुझाइएको हो ।
व्यापारिक केन्द्र तथा घरबहाल क्षेत्रको एकिन गरी भाडा मापदण्ड तोकिदिन, भाडा तिर्न नसकेका व्यापारीलाई घरबेटी तथा व्यापारीबीचको समन्वय गरी कम्तिमा तीन महिनाको भाडा तिर्न दबाब नदिन, स्थानीय करको दायरामा हेरफेर गरी समायोजन गर्न र बैङ्क तथा वित्तीय संस्थालाई पुर्नकर्जा तथा बैङ्क व्याजदरमा हेरफेर गर्न दबाब दिन माग गर्दै ज्ञापनपत्र बुझाइएको छ ।