तमु प्ये ल्हु संघ महिला समितिको अध्यक्षमा सन्तुमाया
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तमु प्ये ल्हु संघ महिला समितिको अध्यक्षमा सन्तुमाया

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । तनु प्ये ल्हु संघ महिला कार्यसमिति तनहुँको अध्यक्षमा सन्तुमाया गुरुङ चयन भएकी छन् । संघको आइतबार सम्पन्न दोस्रो अधिवेशन तथा पॉचौ वार्षिक साधारणसभाले गुरुङको अध्यक्षतामा नयॉ कार्यसमिति चयन गरेको छ ।

    समितिको प्रथम उपाध्यक्षमा गुनामाया गुरुङ, द्वितीय उपाध्यक्षमा मिनशोभा गुरुङ, तृतीय उपाध्यक्षमा विष्णुमाया गुरुङ, सचिवमा सुकमाया गुरुङ, सहसचिवमा कल्पना गुरुङ र सदस्यहरुमा पपीमाया गुरुङ, दुर्गा गुरुङ, कविता गुरुङ, पुनम गुरुङ, सरिता गुरुङ, सन्तोषी गुरुङ, दुर्गा गुरुङ, प्रेमकुमारी गुरुङ, मिनमाया गुरुङ रहेका छन् ।

    समितिकी अध्यक्ष गुनामाया गुरुङको अध्यक्षतामा आयोजित अधिवेशनको व्यास नगरपालिका-४ का वडाध्यक्ष ले. मनबहादुर गुरुङले उदघाटन गरेका थिए ।