दमाैली । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा माटोको ढिस्कोले पुरिएर साेमबार तीन जना घाइते भएका छन् । मुग्लिन पोखरा सडक योजना अन्तर्गत सडक छेउमा वाल लगाउने क्रममा ढिस्को खसेर तीन जना घाइते भएका हुन् ।
साँझ ४ बजेदेखि परेको वर्षाका कारण काम गरिरहेका मजदुर घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइते हुनेको नाम खुलेको छैन ।
घाइतेमध्ये एक जनालाई उपचारका लागि दमौली अस्पताल र दुईलाई रत्नहरी अस्पताल ल्याइएकाे छ ।