बाँसजन्य उद्याेगका लागि उपकरण आइपुग्याे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    बाँसजन्य उद्याेगका लागि उपकरण आइपुग्याे

    खबरपुञ्ज संवाददाता

    ५ असार २०८०, बुधबार

    दमाैली । तनहुँकाे आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गर्न लागेकाे उद्याेगका लागि आवश्यक उपकरण आइपुगेकाे छ । आँबुखैरेनी-२ मार्कीचाेकमा सञ्चालन गर्न लागिएकाे बाँस तथा कृषि आैजार उत्पादन उद्याेगका लागि चीनबाट भारत हुँदै उक्त उपकरण बुधबार आइपुगेकाे हाे ।

    उक्त उपकरण अब जडानकाे काम थालिने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उनका अनुसार असार १५ गतेभित्र उद्योगको आवश्यक सबै काम सम्पन्न हुनेछ ।

    गरिबी निवारणका लागि गाउँपालिकाले बाँस र कृषि औजार सम्बन्धी उद्योग स्थापना गर्न लागेकाे हाे । बाँस र फलामबाट विभिन्न सामग्री उत्पादनका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा उद्योग स्थापना गरिएकाे उनले बताए ।

    उनले भने, “नवीनतम ज्ञान, सीप, सोच र सिर्जनशीलता प्रबद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले उद्योग स्थापना गर्न लागेको हो । उद्योग स्थापनाका लागि प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ ।”

    आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा स्थापना हुने उक्त उद्योगका लागि दुई वटा भवन निर्माण गरिएको छ । उद्योगबाट बाँसजन्य सामग्री सोफा, कुर्ची, टेबल निर्माण गरिनेछ । गाउँपालिकाभित्र रहेका विपन्न समुदायलाई घरेलु सीप सिकाएर आयआर्जनसँग जोड्ने लक्ष्य रहेको चुमानको भनाइ छ ।