केपी ओली सरकार ढलाउन कांग्रेस प्रभावित पार्ने खेलमा : माधन नेपाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    केपी ओली सरकार ढलाउन कांग्रेस प्रभावित पार्ने खेलमा : माधन नेपाल

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसलाई प्रभावित पार्ने काम गरिरहेको आरोप लगाएका छन् । 

    शुक्रवार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी)को सम्पर्क सन्देश विमोचन समारोहमा अध्यक्ष नेपालले काँग्रेसले सरकार चलाएर साथ दिन तयार रहेको भन्दै ओली सत्ता गठबन्धनमा फुट ल्याउने खेलमा लागिपरेको बताएका हुन् । उनले ओलीले कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई ढालेर शेरबहादुरलाई अघि बढाउन अनैकौँ प्रयास गरेको आरोप लगाए।

    उनले भने, ‘अहिले पत्रिकामा पढ्नुभएको होला । केपी ओलीले नेपाली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस् साथ दिन तयार छु भनिराछन् । कस्तो विडम्बना त्यो कम्युनिष्ट पार्टीको चरित्र कस्तो होला । कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डको सरकारलाई ढालेर दलाल पुँजीवादसँग आफूलाई जोडेका छन् शब्दले मात्र । उसैलाई अघि बढाउन अनैकौँ प्रयास गरेका छन् ।’

    अध्यक्ष नेपालले आफूहरुले चालिरहेको कदमलाई ओलीले सकारात्मक रुपमा नलिएको भन्दै उनलाई खराब चरित्र भएको व्यक्तिकोरुपमा टिप्पणी गरे ।