दमाैली । म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष ०८०।०८१ क लागि रु ५५ करोड ५३ लाख ५० हजार प्रस्तुत गरेकाे छ । गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले आइतबार उक्त बजेट प्रस्तुत गरेका हुन् ।
जसमा संघिय सरकारवाट प्राप्त हुने वित्तिय समनिकरण अनुदान रु ९ करोड ५१ लाख, सशर्त चालु अनुदान रु १६ करोड २१ लाख, राजश्व वाँडफाँडवाट प्राप्त हुने ८ करोड ३२ लाख ५६ हजार ५ सय, विशेष अनुदान वापत १ करोड ५ लाख, समपुरक अनुदान वापत रु ५० लाख गरि कुल जम्मा संघिय सरकारवाट ४६ करोड ४९ लाख ५६ हजार ५ सय प्राप्त हुने प्रक्षेपण गरिएको छ भने गण्डकी प्रदेश सरकारवाट प्राप्त हुने वित्तिय समनिकरण अनुदान १ करोड २१ लाख ६१ हजार, राजश्व वाँडफाँडवाट प्राप्त हुने ६० लाख १० हजार, विशेष अनुदान वापत रु ५० लाख, समपुरक अनुदान वापत रु १ करोड प्राप्त हुने प्रक्षेपण गरेको छ ।
त्यस्तै सडक वोर्ड वाट आम्दानी ३० लाख, आन्तरिक आय ०७९।०८० मा खर्च नभएको जिम्मेवारी सर्ने समेत ७ करोड ४२ लाख २२ हजार ५ सय, अगामी आर्थिक वर्षमा आन्तरिक आम्दानीवाट हुने आय रु ५ करोड, विपद व्यवस्थापन कोषको अल्या १० लाख, लागत साझेदारीमा नसहभागितावाट प्राप्त हुने रु १ करोड ५० लाख, विभिन्न गैरसरकारी संस्थावाट प्राप्त हुने आय रु १० लाख, संघ संस्था र प्रदेशको विभिन्न कार्यक्रमहरुमा गाँउपालिकाको सहभागितावाट वेहोर्नपर्ने रकम रु १० लाख , मालपोत कार्यलय तनहुँवाट घरजग्गा रजिष्ट्रेशन दस्तुरवाट प्राप्त हुने आय ५० लाख गरि कुल ५५ करोड ५३ लाख ५० हजार हुने गाँउपालिकाले प्रक्षेपण गरेको छ ।