बकर इदमा बिदा दिन सरकारलाई पूर्वमन्त्री श्रेष्ठको ध्यानाकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बकर इदमा बिदा दिन सरकारलाई पूर्वमन्त्री श्रेष्ठको ध्यानाकर्षण

    खबरपुञ्ज संवाददाता

    १० असार २०८०, सोमबार

    काठमाडौ । पूर्वमन्त्री एवं बारा-४ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इदको अवसरमा सार्वजनिक बिदा दिन सरकारको ध्यानाकर्षण गराएका छन् । श्रेष्ठले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै इस्लाम धर्मावल्बीको दोस्रो ठूलो चाडको अवसरमा असार १४ गते बिदा दिन माग गरेका हुन् ।

    तीन दिनसम्म मनाइने यस पर्वको अवसरमा पहिलो दिन मुस्लिम समुदायको विशेष नमाजसहितको पर्व सुरु हुने भएकाले बिदाको व्यवस्थाका लागि श्रेष्ठले गृहमन्त्री समक्ष आग्रह गरेका छन् ।