व्यास नगरपालिकाका इन्जिनियरको निधनपछि शोक बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास नगरपालिकाका इन्जिनियरको निधनपछि शोक बिदा

    खबरपुञ्ज संवाददाता

    १६ असार २०८०, आईतवार

    दमाैली । तनहुँको व्यास नगरपालिकाका इन्जिनियर कमलप्रसाद शर्माको निधनपछि शोक बिदा दिइएको छ । नगरपापलिकाले आज दिउँसो १ बजेदेखि शोक बिदा गर्ने निर्णय गरेको हो ।

    व्यास नगरपालिका–१० निवासी शर्माको शनिबार राति पोखरा लैजाँदै गर्दा मृत्यु भएको थियो । केही दिनदेखि डेङ्गु सङ्क्रमण भएपछि दमौलीमा उपचाररत ३५ वर्षीया शर्मालाई थप उपचारका लागि पोखरा लगिएको थियो ।

    नगरपालिकाले आज दिउँसो सभाकक्षमा शोक कार्यक्रम समेत आयोजना गरेको छ । कलिलो उमेरमा नै असामयिक निधन भई कार्यालयलाई अपुरणीय क्षत्रि भएको दुःखद घडीमा शोकसन्तप्त परिवारजनलाई धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनी नगरपालिका, वडा काार्यल तथा सम्पूर्ण स्वास्थ्य संस्थाहरु (अत्यावश्यक बाहेक) आधा दिन शोक बिदा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए ।