व्यास अवतरण दिवसमा साेमबार सार्वजनिक बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास अवतरण दिवसमा साेमबार सार्वजनिक बिदा

    खबरपुञ्ज संवाददाता

    १६ असार २०८०, आईतवार

    दमाैली । तनहुँको व्यास नगरपालिकाले व्यास अवतरण दिवस (गुरु पूर्णिमा) को अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले विगत वर्ष झै यस वर्ष पनि उक्त दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    उक्त दिन नगरपालिका तथा नगरपालिका अन्तर्गतका कार्यालय, सामुदायिक एवं संस्थागत शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) र नगरपालिका मातहतका सङ्घसंस्था बन्द रहने प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए ।