लोप्राङ गाउँमा खानेपानीको हाहाकार, स्थानीय बलेनीबाट झरेको पानी प्रयोग गर्न बाध्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    लोप्राङ गाउँमा खानेपानीको हाहाकार, स्थानीय बलेनीबाट झरेको पानी प्रयोग गर्न बाध्य

    खबरपुञ्ज संवाददाता

    १७ असार २०८०, सोमबार

    दमौली । तनहुँको आबुँखैरेनी गाउँपालिका–४, स्थित लोप्राङ्ग गाउँमा खानेपानीको हाहाकार भएको छ । छिम्केश्वरी मोटरबाटो निर्माण क्रममा बासपानीमा रहेको खानेपानीको मुल पुरिएपछि सो गाउँमा खानेपानीको हाहाकार भएको हो ।

    वर्षायामसँगै खानेपानीको हाहाकार हुँदा यहाँका स्थानीयहरु पानी परेको बेला बलेनीबाट झरेको पानी संकलन गरी प्रयोग गर्न बाध्य भएको स्थानीय सुक बहादुर गुरुङले बताए ।

    करिब ३० घरधुरी रहेको उक्त गाउँमा तत्काल तथा दिर्घकालिन रुपमा खानेपानीको समस्या समाधान गर्न सोमबार वडाध्यक्ष मिलन भूजेल र गाउँपालिका अध्यक्ष शुक्र चुमानबीच छलफल भएको छ । छलफलका क्रममा गाउँपालिकाले तत्काल प्राविधिक/इन्जिनियर पठाएर पहिरोले पाईपमा क्षति पुर्याएको वा खानेपानीको टयाङ्की फुटेको हो भन्ने बारेमा सर्भे गरी आवश्यता अनुसार, मर्मत गरी खानेपानीको आपूर्ति गर्ने समझदारी भएको भुजेलले बताइन् ।

    सो गाउँमा खानेपानी योजनाको लागि प्रदेश सरकारबाट १५ लाख बजेट परेको छ ।