काठमाडौ । गायक एवं कलाकार रोविन तामाङको निधन भएको छ। काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-५ विष्णुमति चिस्यानीस्थित घरमा उनको निधन भएको हो।
‘१९७४ एडी’ का ड्रमर सन्जय श्रेष्ठले उनको निधन भएको पुष्टि गरेका छन्।
प्रहरी प्रभाग बुढानिलकण्ठका प्रहरी निरीक्षक दिपेन्द्र चन्दका अनुसार मंगलबार साँझ ६ बजे प्रहरी कन्ट्रोलमा फोन आएको थियो। रविनले फोन नउठाएको भन्दै प्रहरी कन्ट्रोलमा फोन आएपछि प्रहरी निरीक्षक चन्दसहितको टोली उनको घरमा पुगेको थियो।
उनका अनुसार सुरूमा रविनलाई उनकी श्रीमतीले पटकपटक फोन गरेकी थिइन्। उनी बाहिर गएर फर्किने बेलामा घरको गेट लगाइएको थियो। रविन दोस्रो तलामा बस्थे। उनकी श्रीमतीले बारम्बार फोन गर्दा र बोलाउँदा पनि रविनले कुनै प्रतिक्रिया दिएनन्। (स्रोत : सेतोपाटी)