साउनको पहिलो सोमबार पशुपतिमा भक्तजनको भीड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    साउनको पहिलो सोमबार पशुपतिमा भक्तजनको भीड

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौ । आज साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा पूजा अर्चनाका लागि आएका भक्तजनहरूको घुइँचो रहेको छ।

    हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। आज शिवको पूजा अर्चना आजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ।

    शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ।

    सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाऊँ भनी सोमबार व्रत बस्ने चलन अझ बढी छ।

    असार महिनामै चान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत सुरु भएको छ। पशुपतिनाथ मन्दिरमा चान्द्रमासअनुसार साउन लागेदेखि नै भक्तजनको भीड लागेको छ।

    पशुपतिमा चान्द्रमासअनुसार दुई वटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ।

    साउनमा अधिकमास परे पनि नित्य रूपमा साउन महिनामा दर्शन गर्न आउने भक्तजनका लागि पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।