दमाैली । नेकपा एकीकृत समाजवादी तनहुँका अध्यक्ष श्रीराम कार्की नेकपा एमालेमा फर्किएका छन् । शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कार्की लगायतका नेता तथा कार्यकर्तालाई नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्टले स्वागत गरेका छन् ।
सो क्रममा बोल्दै उनले मदन भण्डारीका उद्गारहरुले जीवनका हरेक पाइलामा पछ्याइरहने बताए । विवाद, विद्रोह कसैको रहर नभई परिस्थिति र बुझाइको एउटा बाध्यता भएको भन्दै उनले पार्टी विभाजनको बेला त्यतिबेलाको सन्दर्भ सोही भएको बताए ।
उनले तत्कालिन नेकपा एमाले र नेकपा माओवादीबीच तालमेल भई चुनावको परिणामले दुई तिहाइको जनमत आएको स्मरण गर्दै भने, “त्यतिबेला कम्युनिष्टका उज्यालोका दिन आयो, श्रमजीवि जनताको दिन आयो भन्ने लागेको थियो, सुखी नेपाली समृद्ध नेपाल बनाउन सक्छौ भन्ने पनि सम्झियौ ।”